ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गठवन्धन टिकिरहनेमा प्रश्न

काठमाडौं,माघ २९।नेपाली कांग्रेसको सस्थापन इत्तर पक्ष गठवन्धन छोडेर स्थानिय तहको निर्वाचनमा एक्लै जानु पर्ने पक्षमा छ।तर सस्थापन पक्ष गठवन्धनलाई निरन्तरता दिने पक्षमा भएपनि एमसीसी जस्ता विषयले गठवन्धनको स्थायित्वमा प्रश्न उठ्दैं आएको छ।

त्यसो त गठवन्धनका दलहरु माओवादी केन्द्र र नेकपा समाजवादी सुरु देखि नै ३ तहकै चुनावमा गठवन्धनसंगै रहने दावी गरेपनि कांग्रेस सभापति देउवाले भने राष्ट्रिय सभासम्ममात्र गठवन्धन रहने संकेत गरेका थिए। त्यतीमात्र हैन अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रतिपक्षी एमालेसंग समेत सहकार्य गर्न तयार भइरहदाँ गठवन्धन धरापमा परेको हो।

कांग्रेसको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा स्थानीय चुनाव तयारी,संगठन सुदृढीकरण एवं निर्वाचन तयारी केन्द्रित राष्ट्रव्यापी अभियान अघि बढाउने,सभापति पद रिक्त भएका भातृ तथा शुभेच्छुक संघसंस्थालाई गतिशील बनाउने,भातृ तथा शुभेच्छुक संघसंस्थाको विधान स्वीकृत गर्ने, केही नयाँ भातृ तथा शुभेच्छुक संस्थालाई मान्यता प्रदान गर्ने लगायतका नौ वटा एजेन्डा छलफलका लागि पेश गरेका थिए तर सभापति देउवाले एमसीसीको मुद्धालाई स्थान दिए।उनले गठवन्धनमा सहमत नभए प्रतिपक्षीसंग सहकार्य गर्ने जनाएपछि गठवन्धन संकटमा परेको अनुमान थालिएको छ।

कांग्रेसको अडानका विच सत्ता गठवन्धनका दुई शक्ति माओवादी केन्द्र र नेकपा समाजवादीसंग दुई विकल्पमात्र बाँकी छ।जस्मा कांग्रेसले भने जस्तै गरी एमसीसी पारित गर्ने वा गठवन्धन तोड्ने।हालसम्मको अवस्था हेर्ने हो भने ति दल गठवन्धन तोड्न तयार देखिन्छ। जवकी माओवादीले राखेको स्थानीय तहको निर्वाचन पछि एमसीसी अघि बढाउने प्रस्ताव कांग्रेसले नमाने पछि अवस्था अझ जट्टिल बनेको हो।

अझ राष्ट्रिय जनमोर्चा सडकमा नै उत्रिसकेकाले एमसीसी विवाद यसरी नै अघि बढि रहन हो भने बैशाखमा हुने निर्वाचनमा कस्तो गठजोड बन्छ यकिन भन्ने अवस्था छैन।अझ राजनीतिक विश्लेषक अरुण सुवेदी कांग्रेस गठवन्धनबाट टाढिन खोजिरहेको विश्लेषक अरुण सुवेदीको भनाई छ l संविधानको अक्षरस कार्यान्वयनका लागि भन्दै बनेको पाँच दलीय गठबन्धन अमेरिकी सहयोग प्याकेज एमसीसीका कारण धर्मरिने अवस्थामा आईपुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *