‘बौद्धिक सम्पतिको बहस’

सरस्वती तामाङ, विश्व व्यापार संगठन अर्थात WTOले बौद्धिक सम्पतिको अधिकारलाई सर्जकहरुले निश्चित समयको लागि उपयोग गर्न पाउने अधिकारका रुपमा परिभाषित गरेको छ।उस्को परिभाषामा बौद्धिक अधिकार भनेको “बौद्धिक सम्पदा अधिकारहरू व्यक्तिहरूलाई उनीहरूको दिमागको सृष्टिमा दिइएको अधिकार हो। तिनीहरू सामान्यतया सृष्टिकर्तालाई निश्चित समयको लागि उसको सिर्जनाको प्रयोगमा विशेष अधिकार दिन्छन्।“ हो।
त्यस्तै आर्थिक तथा लगानी कानुनका जानकार विल केन्टोनले बौद्धिक सम्पतिलाई व्यक्ती वा वा कम्पनीको स्वामित्वमा रहेको अमुर्त सम्पतीका रुपमा ब्याख्या गरेका छन्।“बौद्धिक सम्पदा भनेको कम्पनी वा व्यक्तिद्वारा स्वामित्वमा रहेको अमूर्त सम्पत्तिहरूको सेटको लागि एक व्यापक वर्गीकरण हो र कानुनी रूपमा बाहिरी प्रयोग वा सहमति बिना कार्यान्वयनबाट सुरक्षित गरिएको हो।अमूर्त सम्पत्ति भनेको कम्पनी वा व्यक्तिको स्वामित्वमा रहेको गैर-भौतिक सम्पत्ति हो।“ उनको व्याख्या छ।
विश्व बौद्धिक सम्पत्ति संगठन अर्थात WIPO ले बौद्धिक सम्पतिका प्रकारहरुमा विशेष गरी कपिराइट,पेटेन्ट, ट्रेडमार्क, औद्योगिक डिजाइन,भौगोलिक संकेत र व्यापार रहस्य (Trade secrets) रहेको जनाएको छ।
प्रतिलिपि अधिकार अर्थात कपिराइट रचनाकारहरूले उनीहरूको साहित्यिक र कलात्मक कार्यहरूमा भएका अधिकारहरू वर्णन गर्न प्रयोग गरिन्छ।पुस्तक,संगीत,चित्र,मूर्तिकला र चलचित्र,कम्प्युटर प्रोग्राम,डाटाबेस,विज्ञापन,नक्सा र प्राविधिक रेखाचित्रहसम्म प्रतिलिपि अधिकार दायरा भित्र पर्ने गर्दछ।यसमा देश अनुसार फरक फरक कानुन लागेको देखिन्छ।
पेटेन्ट भनेको आविष्कारको लागि दिइएको विशेष अधिकार हो। सामान्यतया,एक पेटेन्टले पेटेन्ट मालिकलाई कसरी वा के आविष्कार अरूले प्रयोग गर्न सकिन्छ भनेर निर्णय गर्ने अधिकार प्रदान गर्दछ। पेटेन्ट मालिकले आविष्कारको बारेमा प्राविधिक जानकारी सार्वजनिक रूपमा प्रकाशित पेटेन्ट कागजातमा उपलब्ध गराउँछ।
ट्रेडमार्क एउटा उद्यमको वस्तु वा सेवालाई अन्य उद्यमहरूबाट छुट्याउन सक्ने संकेत हो।त्यस्तै भौगोलिक संकेत पनि सामानको उत्पत्ति स्थानको नाम समावेश गरिएको हुन्छ।र व्यापार गोप्यनियता पनि गोप्य जानकारीलाइ बौधिक सम्पतिको अधिकारको रुपमा लिइन्छ जुनबाट बेच्न वा इजाजतपत्र प्राप्त हुन सक्छ।
विश्व बौद्धिक सम्पतिको रक्षा र समर्धनमा धेरै अघि देखिएपनि नेपालमा भने भरखर भरखर कानुन निर्माण सुरु हुन थालेका छन्। त्यसो त बौद्धिक सम्पतिको चोरी सम्वन्धि कानुन २०२२ सालमा नै निर्माण भएपनि अन्य कानुन भने क्रमश बन्दैं गएका र बन्दैं जाने प्रकृयामा छन्।
नेपालमा पेटेण्ट,डिजाइन र ट्रेडमार्क ऐन २०२२ तथा प्रतिलिपी अधिकार ऐन २०५९ ले बौद्धिक सम्पतिलाई नियमन गरेका छन्। नेपालमा सर्वप्रथम वि.सं. १९९३ मा प्रधामनमन्त्री जुद्ध सम्शेरले नेपाल पेटेण्ट डिजायन् र ट्रेडमार्क कानून १९९३ नामको कानून बनाई लागू गरेको पाइन्छ।तर उक्त समयको कानुन कार्यानोयनमाथी प्रश्नै प्रश्न छन भने नेपालको बौद्धिक चेतनाको स्तर समेत कम्जोर मानिदैं आएको छ।
लामो समय प्रतिलिपि अघिकारमात्र सुरक्षित रहेकोमा नेपाल सरकारले २०७३ फागुनमा बौद्धिक सम्पत्तिमा ७ वटा क्षेत्र थपेर कानुन निर्माण गर्यो।जस अनुसार भौगोलिक सङ्केत,वनस्पति प्रजाति संरक्षण,व्यापारिक गोपनीयता,एकीकृत सर्किटको लेआउट डिजाइन, परम्परागत तथा मौलिक ज्ञान,परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदा,जैविक विविधता र अनुवांशिक स्रोत थप भएका छन्।यस अघि प्रतिलिपि,ट्रेडमार्क,डिजाइन र पेटेन्ट गरी ४ क्षेत्र मात्र समेटिएका थिए।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले यससम्वन्धी कानुनी अट्चन फुकाउन प्रयास गरेपनि त्यो कम्जोर प्राय छ।त्यस्तै उद्योग विभागमा पेटेन्ट र ट्रेडमार्क दर्ता गर्न सकिन्छ।उद्योग विभागमा अहिलिसम्म करिव ५३ हजार ट्रेडमार्क दर्ता हुदाँ पेटेन्ट र डिजाइनको दर्ता भने ज्यादैं कम्जोर छ।(लेखक एपिवान टेलिभिजनमा कार्यरत हुनुहुन्छ)