ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आगलागीका घटनामा वृद्धि

काठमाडौं माघ २९ । झापाको मेचीनगर नगरपालिका- १४ मा रहेको मगमग तयारी चाउचाउको उद्योगमा आगलागी भएको छ ।

बिहान करिब ४ बजेबाट सुरु भएको आगो चारै तिर फैलिएकाले नियन्त्रणमा समस्या भएको प्रहरीको भनाई छ ।  स्थानिय वासिन्दा, सुरक्षा निकाय तथा स्थानिय तहका दमकल प्रयोग गरिएपनि आगो नियन्त्रणमा आउन नसकेको  इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए।

त्यस्तै माघ २० गते पनि झापाको काँकडभिट्टामा रहेको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको थियो ।

उता दाङको एक पसलमा आगलागी हुदाँ पाच जनाको मृत्यु भयो । तुलसीपुर–५ तुलसी बोर्डिङ चोकस्थित इरम फुटवेयर पसलमा विद्युत् सट भएर आगलागी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *