आयोजक ओमानलाई ६ विकेटले हराएको नेपाल आज युएइसंग खेल्दैं

काठमाडौं माघ २९ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरको तयारी स्वरुप ओमान जारी चार देशिय टी-२० सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेल युएइसंग खेल्दैं छ ।
पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजीत गरेको नेपालले आफ्नो दोस्रो खेल नेपाली समय अनुसार दिउँसो ११:४५ बजे मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा युएइसंग खेल्दै छ ।
हिजोका लागि तय भएको युएई र आयरल्याण्डको खेल प्राविधिक कारण स्थागित भएपछि युएईले नेपालसंग पहिलो खेल खेल्न लागेको हो । स्थगित आयरल्याण्डसंग उस्ले भोली दोस्रो खेल खेल्दा नेपालले आफ्नो अनतीम खेल सोमबार आयरल्याण्डसंग खेल्ने छ ।