तरलता अभावको समस्या अझै हटेन

काठमाडौं,माघ २८।बैंक तथा वित्तीय संस्था महासंघ सिविफिनले केही दिन गरेको अध्ययनले पहिलो पटक २ हजार ६४ पुसमा रियल स्टेट समस्यासँगै देखिएको उल्लेख गरेको थियो।आर्थिक बर्ष सुरु भएदेखि वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या अझै कायम रहेको उक्त प्रतिवेदनले उल्लेख गरेको थियो।
गत आर्थिक बर्षमा कारोनाका कारण अधिक तरलता थियो।तर चालु आर्थिक बर्षको मौद्रिक नीतिमा सिसिडी रेसियो खारेज गरेर सिडि रेसियो ९० प्रतिशत लागु गरिएसँगै तरलतामा चाप परेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
निजीक्षेत्र र बैंक तथा वित्तीय संस्थाले तरलताको समस्या तत्काल समाधान हुनुपर्ने बताउँदै आएपनि समाधान हुन सकेको छैन तरलतामा संकट नभई समस्या मात्रै रहेकाले नीतिगत परिवर्तनले सम्बोधन हुने अध्ययन समितिमा संयोजक उपेन्द्र पौडेलको भनाई छ।
चालु आर्थिक बर्षको मौद्रिक नीतिमा सिसिडी रेसियो खारेज गरेर सिडि रेसियो ९० प्रतिशत लागु गरिएसँगै तरलतामा चाप परेको प्रतिवेदनमा उल्लेख गरिएको छ।तर,सधैं आर्थिक स्थायित्वको पक्षमा रहेको र समयानुकूल नीति ल्याएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टको दाबी छ।
नेपाल राष्ट्र बैंकले २०४६ सालयता पहिलो पटक व्याजदर निर्धारणमा हस्तक्षेप गरेको थियो।त्यस्तै अनुत्पादक क्षेत्रमा अत्याधिक कर्जा प्रवाह भएको भन्दै राष्ट्र बैंकले त्यसका सिमा निर्धारण गरेको छ l