ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछिल्लो एक साता सेयर बजार मापक नेप्से परिसूचक ७५.१८अंकले गिरावट

काठमाडौ,माघ २८ lपछिल्लो एक साता सेयर बजार मापक नेप्से परिसूचक ७५ दशमलव एक आठ अंकले गिरावट आएको छ।गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६ दशमलव आठ दुई अंकले बढेर २ हजार ८७६ दशमलव सात चार विन्दुमा पुगेको थियो।यो साता पाँच दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने वृद्धि भएको थियो।

यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७५ दशमलव एक आठ अंकले गिरावट आएर २ हजार ८०१ दशमलव पाच छ विन्दुमा पुगेको छ। अघिल्लो साता १०६ दशमलव आठ दुई अंकले बढेको नेप्से परिसूचक यो साता भने ७५ दशमलव एक आठ अंकले गिरावट आएको छ।साताको पहिलो कारोबारको दिन आइतबार नै नेप्से परिसूचकमा गिरावट आएको थियो।आइतबार नेप्से ४० दशमलव पाँच सात अंक घटेर २ हजार ८३६ दशमलव एक सात विन्दुमा झरेको थियो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७ दशमलव सात तीन अंक घटेर ५३१ दशमलव नौ दुई विन्दुमा झरेको थियो भने फ्लोट इण्डेक्स २ दशमलव आठ अंक र सेन्सेटिभ इण्डेक्स २ दशमलव चार आठ अंक घटेको थियो।आइतबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार कित्ता शेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ११ दशमलव नौ छ अंक घटेर २ हजार ८०१ दशमलव पाँच छ विन्दुमा झरेको छ।त्यस्तै, सेन्सेटिभ इण्डेक्स १ दशमलव ७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव एक छ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १दशमलव शुन्य सात अंकले घटेको छ।बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

बुधवारको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ।बुधबार ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि गिरावट आएको छ।गत साता १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले वृद्धि भएको लगानीकर्ताको सम्पति यो साता भने १ खर्ब ५ अर्ब ७३ करोड रुपैयाँले गिरावट आएको छ।

गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो।यो साता १ खर्ब ५ अर्ब ७३ करोड रुपैयाँले सम्पति घटेर ३९ खर्ब ५९ अर्ब ६४ करोड रुपैयाँमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *