२४ लाख खोप हराएको नभई खोप लगाएको तर तंथ्याकमा नराखेको

काठमाडौ,माघ २८ l स्वास्थ्य मन्त्री बिरोध खतिवडाले आफ्नो एक सय दिनको प्रगती विवरण सार्वजनीक गर्नुभएको छ।आज मन्त्रालयमा आयोजित एक कार्यक्रममार्फत मन्त्री खतिवडाले कार्यकालको पहिलो सय दिनमा भएको नीतिगत तथा अन्य उपलब्ध सार्वजनिक गर्नुभएको हो।
हराएको भनिएको २४ लाख डोज मात्रा हराएको नभइ कतिपय खोप प्रयोग नभइ खेर गएको,कतिपय पहुँचको आधारमा लगाएको र कतिपय खोप लगाएपनि तंथ्याकमा नराख्दा २४ लाख डोज खोप तंथ्याक भन्दाबाहिर भएको हुन सक्ने मन्त्री खतिवडाले बताउनुभयो l
स्वास्थ्य मन्त्री बिरोध खतिवडाले आफ्नो एक सय दिनको प्रगती विवरण सार्वजनीक गर्दै फागुन एक गतेदेखि १८ बर्ष माथिका सबैलाई कोरोना विरुद्धको बुस्टर डोज दिने तयारी भैरहेको बताउनुभएको छ।दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय भएको वहाँले बताउनुभय।
पहिले १८ बर्ष माथिका सम्पुर्ण नागरीकलाई चैत मसान्तसम्म पुर्ण मात्रा खोप लगाउने लक्ष्य लिएपनि अहिले त्यो रणनिति परिमार्जन गरी १२ बर्ष माथिका नागरीकलाई बैशाख मसान्तसम्ममा खोप लगाइसक्ने सरकारको लक्ष्य छ। महामारी सुरु भएदेखि सरकारले परिक्षणको दायरा विस्तार गर्नुका साथै खोप अभियानलाई तीव्र बनाएको छ। ५ बर्ष देखि ११ बर्ष उमेर समुहका बालबालिकाका लागि पनि सरकारले खोपको सुनिश्चितता गरीसकेको छ।
वैशाख मसान्त भित्र १२ बर्ष मार्थिका सबै नागरिकलाई पूर्ण खोप दिने लक्ष्य अनुरुप काम भैरहेको बताएका मन्त्रो खतिवडाले फागुन १ गतेदेखि १८ बर्ष माथीका सबैलाई बुस्टर डोज दिने तयारी भैरहेको बताउनुभयो।बुस्टर डोजको रुपमा कोभिसिल्ड,एस्ट्राजेनेका,मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको र खोप दिदा अग्रपंक्तिमा खटिनेहरु,ज्येष्ठ नागरिक,दीर्घरोगी,गर्भवती र सामाजिक जनसांख्यिक रुपमा पछाडि पारिएका व्यक्तिहरुलाई प्राथिमकता दिइने वहाँको भनाइ छ।