हराएको बालकुमारी मन्दिरको मूर्ति ललितपुरमा भेटिएसंगै बाजागाजासहित उत्सव

काठमाडौं,माघ २८।गत माघ ९ गते हराएको बालकुमारी मन्दिरको मूर्ति ललितपुरमा भेटिएपछि बाजागाजासहित उत्सव मनाईएको छ।स्थानीयले मूर्ति भेटेको खुसीयालीमा बाजागाजासहित जावलाखेलबाट पैदल यात्रा गर्दै बालकुमारी मन्दिरमा मूर्ति प्रतिस्थापना गर्न लागेको हो।
महानगरीय प्रहरी परिसर ललितपुरले शुक्रबार मूर्ति भटेपछि मुचुल्का उठाएर पत्रकार सम्मेलन गरेको थियो।शुक्रबार बिहान पौने ८ बजे ललितपुर महानगरपालिका(१५ स्थित हात्तीवन गैरीगाउँको करूणा मन्दिर बाहिर पेटीमा उक्त मूर्ति फेला परेको प्रहरी उपरीक्षकले जानकारी दिए।
एसपी शाहका अनुसार बिहान मन्दिर अगाडि बोरा फेला परेको थियो। स्थानीयले शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरी पुगेर हेर्दा सुनाकोठीबाट हराएको मूर्ति फेला परेको थियो।मूर्ति चोरीको विषयमा हालसम्म कसैलाई पक्राउ नगरेको प्रहरीले जनाएको छ।