काठमाडौं महानगरपालिकाको कसरी बित्यो पाँच वर्ष

काठमाडौं,माघ २८।काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले महानगरभित्र आफूले पाँच वर्षको अवधिमा महानगरसबासीलाई सन्तुष्ट बनाउने गरि काम गरेको बताउनुभएको छ।
उहाँले अब आउने निर्वाचनमा पार्टीले सहयोग गरमा पुन आफ्नो उम्मेदवारी रहने बताउनुभएको छ।२०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि २०७९ जेठ ५ मा सकिँदै छ। प्रदेशको माघ ४ र प्रतिनिधिसभा सदस्यको पदावधि फागुन २ मा सकिँदै छ।स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा १ अनुसार स्थानीय तहको निर्वाचन आउँदो चैत ५ भित्रै गरिसक्नुपर्ने हुन्छ।यसैलाई मध्यनजर राख्दै सरकारले निर्वाचनको मिति यहि बैशाख २० गते तोकेको छ।यसै अवसरमा देशकै ठूलो र सम्पन्न काठमाडौं महानगरका मेयर शाक्यले आफूले पाँच वर्षको अवधिमा अपेक्षित काम गर्न नसकेपनि महानगरबासीलाई सन्तुषंट हुने गरि काम गरेको बताए छ।
महानगर भित्रको सडक सुधार गर्ने कालो पत्रे गर्ने, ढल निर्माण, वडा नम्बर ३, ४, ९, १४, १८ र २६ गरी छ वटा नयाँ वडा कार्यालय निर्माण केही कार्यलय निर्माणको चरणमा रहेको, महानगरले अहिलेसम्म २ दर्जन भन्दा बढी ऐन तथा केही नीतिगत व्यवस्था गरी ५ दर्जन कानुन तर्जुमा गरी जारी गरेको महानगरका मेयर शाक्यले बताए । केही कानुनी अडचन र केन्द्रबाट ठूला आयोजना र काम गर्दा हसतक्षेप भएका कारण अपेक्षीत उपलब्धि हासिल गर्न नसकिएको मेयर शाक्यले बताए l
महानगरपालिकाको विभिन्न वडामा नयाँ स्वास्थ्य क्लिनिक स्थापना ,विरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सेवा सुरु,कोभिड महामारीको उपचारका लागि ९ वटा सरकारी र सामुदायिक अस्पताललाई १० करोड माथीको भेन्टिलेटर प्रदान तथा अन्य सरकारी अस्पतालमा स्तरोन्नती गर्ने लगायतका काम गरिएको,शिक्षा स्वास्थ्यको क्षेत्रमा महानगरले सन्तुष्ट हुने गरि काम गरेको मेयर शाक्यले बताउनुभयो। उहाँले अब आउने स्थानिय तहको चुनावमा पार्टीले सहयोग गरेमा पुन आफू मेयरको उम्मेदवारी दिने बताउनुभएको छ।
महानगरले कोभिड संक्रमणको समयमा विशेषज्ञ स्वास्थ्य सेवा सुधारका लागि महानगरभित्र विभिन्न अस्पतालमा सक्रिय रहेको बताएको छ।२०७४ साल जेठबाट महानगरको प्रमुखका रुपमा कार्यभार सम्हाल्नुभएका शाक्यले महानगरभित्र पर्ने सबै सडक मर्मत र कालोपत्रे गर्ने काममा प्राथमिकतामा राखी अघि बढेको बताउनुभएको छ।केही घोषणापत्रमा भएका काम नभएको र केही नबोलिएका काम भएको महानगरका मेयर शाक्यले बताउनुभएको छ।यद्दपी धेरै गर्छु भनेर घोषणापत्रमा उल्लेख गरिएका ठूला स्तरका काम भने यो अवधिमा हुन भने सकेका छैनन्।