ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य मन्त्री खतिवडाका सय दिन

काठमाडौं,माघ २८ । स्वास्थ्य तथा जनसंख्या बिरोध खतिवडाले आफ्नो एक सय दिनको प्रगती विवरण सार्वजनीक गरेका छन्।मन्त्रालयमा एक कार्यक्रमका विच आयोजना गरिएको कार्यक्रममा मन्त्री खतिवडाले नीतिगत तथा अन्य विवरण प्रस्तुत गरेका छन् l

१. कोभिड खोप सम्बन्धी कार्य प्रगति

(क) १२ देखि १७ बर्ष उमेर समुहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको छ ।

(ख) विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको छ ।

(ग) लक्षित सबै जनसंख्यालाई पूर्ण मात्रा खोप प्रदान गर्ने तथा जोखिम समूह लक्षित बुस्टर मात्रा प्रदान गर्ने नीति अनुरुप पर्याप्त मात्रामा खोप अनुदान एबम खरिद मार्फ़त निरन्तर आपूर्ति भैरहेको छ ।

(घ) २०७७ माघ महिना देखि संचालित कोभिड-१९ बिरुद्धको खोप अभियान समय तालिका बनाइ संचालन गरिएकोमा, २०७८ मंसिर महिनादेखि कोभिड १९ विरुद्धको खोप अभियान देशब्यापि रुपमा निरन्तर र नियमित संचालन भईरहेको।६५ बर्ष भन्दा माथिको उमेर समुह, दीर्घ रोगि एबम Frontliners लक्षित गरि बुस्टर डोज भ्याक्सिन प्रदान गरिदै आएकोमा मिति २०७८ माघ २७ गते देखि १८ बर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज भ्याक्सिन प्रदान गर्ने निर्णय भैसकेको छ l

(ङ) ५-११ बर्ष उमेर समुहको बाल बालिकालाइ समेत कोभिड-१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिस्चितता भएको छ

२.विगतमा संघीय तहबाट निश्चित अवधी निर्धारण गरेर निश्चित समूहलाई कोभिड-१९ बिरुद्ध को खोप प्रदान गरिएकोमा, हाल कार्यनीति परिमार्जन गरी देहाए बमोजिमका रणनीति अबलम्बन गरिएको :

(क) खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरिएको छ ।

(ख) ठुला अस्पतालहरुमा र जनघनत्व बढी भएका शहरका विभिन्न सार्वजनिक स्थानहरुमा खोप केन्द्र निर्धारण गरेर दैनिक रुपमा खोप प्रदान भैरहेको छ।

(ग) दैनिक आवत जावत गर्ने स्थान जस्तै बसपार्क, काठमाडौ उपत्यकाका मुख्य प्रबेश नाकाहरुमा यात्रुहरूलाइ लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको छ।

(घ) सार्वजनिक सेवा प्राप्तिको लागी कोभिड १९ विरुद्धको खोप अनिवार्य रुपमा लिनुपर्ने कानूनी प्रावधान लागू गरिएको छ ।

३. खोप लगाएको क्यू.आर.कोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन शुरु गरिएको छ।

४. खोप कभरेजको लक्ष्य

• २०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको छ l

• २०७८ माघ २७ गते सम्म १२ बर्ष भन्दा माथिको लक्षित जनसंख्याको ७७% लाई पहिलो मात्रा र ६९% लाई पूर्ण खोप प्रदान गरिएको छ l

• २०७९ बैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड -१९ बिरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष निर्धारण गरिएको र त्यस्को लागी आवश्यक पर्ने खोपको मौजदात सुनिस्चित गरिसकिएको छ, हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष तोकिएको मिति भन्दा अगावै प्राप्त हुने अवस्था छ l

५. खोपको उपलब्धता (२०७८ माघ २७ सम्म)
• हालसम्म प्राप्त खोप : ४ करोड ६५ लाख ७० हजार ७२०
• खोप लगाएको मात्रा : ३ करोड ४८ लाख २५ हजार ६०१

६. कोभिड-१९को निदान गर्नको लागि PCR परिक्षण गर्ने प्रयोगशालाको संख्या र परिक्षण क्षमता वृद्धि गरिएको र कोभिड-१९ को भेरिएन्ट पत्त्ता लगाउन नेपालमा नै Gene Sequencing कार्य शुरुवात भैसकेको छ, अनियमितता गर्ने प्रयोगशाला तथा अस्पतालहरुलाई कारवाहीको दायरामा ल्याउने कार्य भैरहेको छ, PCR परिक्षणको मूल्य निजि अस्पताल/प्रयोगशालामा रु २००० वाट घटाई रु १५०० र सरकारी स्वास्थ्य संस्थामा रु १००० वाट घटाई रु ८०० कायम गरिएको छ,l

७.कोभिड-१९ संक्रमितको उपचार ब्यबस्थापनको लागि अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, आइ.सि.यु. बेड, HDU बेडको संख्या वृद्धि गरी अस्पतालहरुको क्षमता वृद्धि गरिएको छ l

८. कोभिड-१९ युनिफाइड अस्पताल (बिर अस्पताल) मा २४ सै घण्टा Hot Line (११३३) सेवा मार्फत परामर्श सेवा प्रदान गर्न शुरु भएको छ l

९.भारतसंग सिमाना जोडिएका प्रवेश बिन्दूहरुमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुहरु मध्य ९०% को Screening भैरहेको तथा Screening भएका मध्य ८७ % भन्दा धेरैको कोभिड-१९ को परिक्षण भैरहेको छ l

१०. कपिलबस्तुमा फैलिएको हैजाको प्रकोपलाइ समयमै नियन्त्रण गरी, हैजा विरुद्धको खोप अभियान समेत संचालन गरिएको छ ।

मन्त्रालयका नयाँ नीतिगत दस्तावेजहरू :

१. नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (२०७८-२०८३) मन्त्रिपरिषदबाट स्वीकृत भैसकेको, मृगौला प्रत्यारोपण,क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ को मस्यौदा, राष्ट्रिय राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७८-२०८८ को मस्यौदा, राष्ट्रिय आँखा स्वास्थ्य रणनीति२०७८-२०८६ को अंतिम मस्यौदा, जेरीयाट्रीक स्वास्थ्य सेवा रणनीति २०७८, नेपाल स्वास्थ्य लेखा २०१७/१८, नेपाल स्वास्थ्य संस्था सर्वेक्षण-२०२१, टेलिमेडीसीन सेवा संचालन कार्यबिधि,२०७८, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका,२०७८ तर्जुमा भएको छ ।

२. दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले सरकार र विकास साझेदारको संयुक्त पहलमा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०७९-२०८६ तर्जुमा कार्य शुरु गरिएको छ। आगामी दुई महिनामा लागत अनुमान सहितको मस्यौदा तयार हुनेछ ।

३. नेपालमा पहिलोपल्ट संघ, प्रदेश र स्थानीय गरी ३ ओटै तहमा जनगणना २०७८ मा आधारित मातृमृत्यु अध्ययन सम्पन्न गरिएको छ ।
४. नेपालमा ओमिक्रोनका बिरामीहरु बढदो क्रममा रहेकोले राष्ट्रिय संयुक्त बार्षिक समिक्षा भर्चुवल माध्यमबाट सम्पन्न गरिएको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *