ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुन प्रतितोला ९४ हजार

काठमाडौं,माघ २८ l सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले बढेर ९४ हजार तोकिएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९३ हजार ४०० तोकिएको थियो।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २८० कायम भएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *