सर्वत्र चासोको विषय बनेको भारत उत्तर प्रदेश विधानसभा निर्वाचन,कस्को पल्ला भारी

काठमाडौं,माघ २८ । भारतको उत्तर प्रदेश युपीमा विधानसभा निर्वाचन अन्तर्गत बिहीवार पहिलो चरणको मतदान भएको छ। ४ सय ३ सिट रहेको विधानसभामा बिहीवार पहिलो चरणमा ११ जिल्लाका ५८ सिटमा मतदान भएको हो।सात चरण अन्तर्गत पहिलो चरणको मतदानमा ७३ महिलासहित ६ सय २३ उम्मेद्वार चुनावी मैदानमा छन् भने २ करोड २८ लाख भन्दा बढी मतदाताले उम्मेद्वारको भविष्य छिनोफानो गर्दै छन्।
बिहीवारको मतदानले मुख्यमन्त्री योगी आदित्यनाथ नेतृत्वको मन्त्रीमण्डलमा रहेका ९ मन्त्रीको भविष्य निक्र्यौल गर्नेछ।चुनावलाइ मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।चुनावमा मुख्यगरी सत्तारुढ भारतीय जनता पार्टी भाजपा,मायावतीको बहुजन समाजवादी,राष्ट्रिय लोक दल,समाजवादी र कंग्रेसका गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ ।
क्षेत्रफलको हिसाबले उत्तर प्रदेश भारतको चौथो ठुलो जनसङ्ख्या भएको राज्य हो।नेपालसँग सिमा जोडिएको यूपीमा २४ करोड मानिसको बसोबास रहेको छ।सन् १९ सय ५० मा अलग राज्य घोषणा भएको युपी छुट्टै मुलुक हुन्थ्यो भने त्यो जनसङ्ख्याका हिसाबले विश्वमै चीन,भारत,अमेरिका र इन्डोनेशियापछि पाँचौ तथा पाकिस्तान र ब्रजिलभन्दा ठूलो मुलुक बन्ने थियोl
युपीबाट लोकसभामा ८० सांसदले प्रतिनिधीत्व गर्दै आइरहेका छन् । जसका कारण यो राज्यबाट छनोट हुने प्रतिनिधिले मुलुकको नेतृत्व तथा केन्द्रको राजनीतिमा हालीमुहाली गर्ने गरेका छन्।भारतको प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु सहित कैयौँ प्रधानमन्त्री यसै राज्यबाट भएका छन्। बहालवाला प्रधानमन्त्री नरेन्द्र मोदी समेतले सन् २ हजार १४ को लोकसभा निर्वाचनमा आफ्नो संसदीय यात्रा यसै राज्यबाट सुरुवात गरेका थिए।
सन् २ हजार १४मा बनारस निर्वाचन क्षेत्रमा चुनिएका मोदीले २ हजार १९ मा पनि पुनः निर्वाचित भएका थिए । यस्तै सन् २ हजार १४ मा मोदीको भाजपाले ७१ सिट र सन् २ हजार १९ मा ६२ स्थानमा जितेको थियो । तर यसपालीको निर्वाचनमा सत्तारुढ भाजपाले केहि सिट गुमाउन सक्ने आकलन भइरहेको छ । कोरोना महामारी व्यावस्थापनमा सरकारले चालेको कदम,अल्पसंख्यक मुस्लिममाथि भइरहेका दुव्र्यवहार, बढ्दो बेरोजगारी, किसान आन्दोलन लगायत मुद्दाका कारण भाजपाले केहि क्षति बेहोर्ने अनुमान गरिएको छ ।
मोदीको छविका कारण यसअघि सन् २ हजार १७मा सम्पन्न चुनावमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले ५८ मध्ये ५३ सिट जितेको थियो । यस्तै यो निर्वाचनलाइ भाजपाले यस अघिको विरासतलाई निरन्तरता दिन सक्ने या नसक्ने परीक्षाको रुपमा हेरिएको छ ।।