भरतपुर महानगरपालिकाले आफ्नो मातहतका विद्यालयमा सेनेटरी प्याड वितरण गर्ने

काठ्माण्डौ माघ २७। भरतपुर महानगरपालिकाको मातहतका सम्पुर्ण विद्यालयमा रहेका छात्राहरुलाई सेनेटरी प्याड वितरण कार्य सुरु गरेको छ । महानगरले ७४ विद्यालयका ४ लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड वितरण कार्यको सुरुआत गरेको हो ।
दोस्रो चरणमा आउने प्याड अन्य विद्यालयलाई हस्तान्तरण गरिने छ । यसको प्रयोगसँगै फोहरको व्यवस्थापनमा ख्याल गर्न विद्यार्थीलाई आग्रह समेत गरेको छ । महिनावारी भएका बेला विद्यालय जाने छात्राहरुलाई असहज हुने भएकाले विद्यालयमै सेनेटरी प्याडको व्यवस्थापन गर्न सके छात्राको विद्यालयमा निरन्तरता गराउन सहज हुने छ ।