भारतमा संक्रमणदर घट्दो

काठ्माण्डौ माघ २७। भारतमा गत चौबीस घण्टामा थप ६७ हजार भन्दा बढी संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार गत चौबीस घण्टामा ६७ हजार ८४ जना नयाँ संक्रमित थपिएको बताए ।
यसैसँगै भारतमा कुल संक्रंमितको संख्या ४ करोड २४ लाख ७८ हजार ६० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा अरु एक हजार २ सय ४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेम्म कुल मृत्यु हुनेको संख्या ५ लाख ६ हजार ५ सय २० पुगेको छ ।
नयाँ सङ्क्रमितहरुको संख्या निकै कम हुदै गएको छ । सोही अवधिमा १ लाख ६७ हजार ८ सय ८२ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या चार करोड ११ लाख ८९ हजार ७ सय ५१ पुगेको छ ।