कांग्रेसका भ्रातृ सस्थाको कन्त बिजोग

काठमाडौं माघ २७ । आफुलाई लोकतन्त्रको हिमायती मान्ने काँग्रेसको भित्रको आन्तरिक कति कम्जोर छ भन्ने विषय जान्न उस्का भात्रृ सस्थाको अवस्था हेरे पुग्छ । महाधिवेशन सकेन नयाँ नेतृत्व काँग्रेसमा आउको दुई महिना पुरा भएको छ । तर उस्का भात्रृ संगठन पदाधिकारी विहिन बनेको कतिय भयो भन्ने उसैलाई थाहा छैन ।
अधिकांस भातृ संगठनमा टिके नेतृत्व छानेको काँग्रेसमा भ्रातृ तथा सुभेच्छुक संस्थाको नेतृत्व चयनबारे बल्ल छलफल सुरु भएको छ ।आज बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट भ्रातृ संस्थाका विषयमा निर्णय लिने जनाइए पनि भद्रगोल भ्रातृ संस्थाको नेतृत्वको टुंगो कसरी लगाउने भन्नेमा विवाद छ ।
नेपाली कांग्रेसमा १३ भ्रातृ तथा १७ वटा शुभेच्छुक संस्था छन् । उनीहरुको नेतृत्व कुन प्रक्रियाबाट नेतृत्व टुंगो लगाउने भन्ने निर्णय भने भएको छैन । भ्रातृ संस्थामा अहिलेकै नेतृत्वबाट अधिवेशन गराउने वा फेरि तदर्थ समिति गठन गर्ने भन्नेमा पार्टीमा विवाद छ ।
नेपाल विद्यार्थी संघ, तरुण दल, मुस्लिम संघ, दलित संघ र महिला संघ नेतृत्वविहीन छन् । अन्य भ्रातृ संस्थाको पनि समयमै अधिवेशन भएको छैन ।