ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संक्रमण पुष्टि हुने संख्यामा कमि आएपनि संक्रमणको जोखिम कायमै

काठमाडौं माघ २६ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरीएको १६ हजार ३सय ५३ वटा नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र १ हजार १७ जनामा संक्रमण पुष्टि भएसँगै देशभर २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमण  मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या ९ लाख  २८ हजार ३ सय ६९ जना रहेका छन् । देशभर कोरोनाका कारण थप १४ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार ८ सय ५२ जना रहेका छन् ।

अहिले कोरोना संक्रमण पुष्टि हुने संख्यामा कमि आएपनि जोखिम कम नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगिता मिश्राले जानकारी दिइनन् । मन्त्रालयका अनुसार देशभर ३० हजार २ सय ४१ संक्रिय संक्रमित रहेका छन् । देशभर क्वारेन्टिनमा १ सय ३३  जना रहेका छन् । देशभर आसियुमा २ सय ४२ जना सहित भेन्टिलेटरमा ४२ जना रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *