मतदाताको अन्तिम विवरण सार्वजनीक हुन डेढ महिना लाग्ने

काठमाडौं माघ २६ । सरकारले स्थानिय तहको निर्वाचनको मिति तोकेसंगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको कामलाई स्थगित गरेको छ । २०७४ को निर्वाचनमा एक करोड ४० लाख मतदाताले नामावलीमा नाम संकलन गरेका थिए । ति मध्ये एक करोड ४ लाखले मतदान गरेका थिए ।
निर्वाचन आयोगले यो पटक २० देखि २२ लाख मतदाता थपिएको जनाएको छ । ति मध्ये ४५ लाख हाराहारीमा विदेशमा हुदाँ करिव ७० प्रतिशतमाथी मतदान गर्ने अनुमान गरेको छ । आयोगले मतदाता थपिएसंगै मतदान केन्द्र थप गर्ने जनाउदाँ मतदाताको यकिन तथ्याङ्क आउन भने अझै डेढ महिनासम्म लाग्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलको भनाई छ ।
निर्वाचनको मिति तोकेकै दिनसम्म मतदाता नामावली संकलन भएका कारण अवको केही दिन जिल्ला निर्वाचन कार्यलयले यस्को रुजु गरेर केन्द्रमा पठाउने छ । केन्द्रमा पठाएपछि नामावली प्रशोधन गर्ने केही समय लाग्ने छ । जस्मा दोहोरिएका नामहरु व्यवस्थापन गरेनि छ । जस्वाट करिव २ लाख मतदाता दोहोरो पर्ने सक्ने आयोगको भनाई छ ।
आयोगले सार्वजनीक गर्ने नाममा दावी विरोध प्रस्तुतको समय, दावी विरोध त्यस्को सुनुवाईका लागि केही समय लाग्दाँ अझै डेढ महिना पछि मात्र बास्तविक मतदाताको विवरण आउने प्रवक्ता पौडेलको भनाई छ ।