करिव ४५ लाख मतदाता विदेशमा, यो निर्वाचनमा पनि नसमेटिने

काठमाडौं माघ २६ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा करिव ४५ लाख मतदाता मतदानमा सहभागि हुन नपाउने भएका छन् । विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागि गराउन नसकिने निर्वाचन आयोगले प्रष्ट पारेसंगै ४५ लाख मदताता मददान प्रकृयाबाट बन्चित हुने भएका हुन ।
विदेशमा रहेका नागरिकलाई मतदान प्रकृयामा सहभागि गराउन भन्दैं सर्वोच्चले आदेश दिएको भएपनि कानुन अभाव देखाउदैं आयोगले यो पटक विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागि गराउन नसकिने प्रष्ट पारेको हो ।
अदलातले फैसला गरेकै क्षणमा कार्यानोयनमा जान नकसिने रहेछ । जस्का लागि विभिन्न कानुन निर्माण गर्नु पर्ने ति कानुनको अभाव रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलको भनाई छ । विश्वका धेरै देशहरु यसको प्रयोगमा चुकिरहेको र कुन विधिवाट मददान गराउने भन्ने ब्यवहारीक समस्या समेत रहेको पौडेलको भनाई छ ।
यो पटक करिव १ करोड ९० लाख मतदाता पुग्दाँ करिव ४५ लाख विदेशमा रहेको आयोगको अनुमान छ ।