ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२०७४ को निर्वाचनलाई फर्केर हेर्दां

काठमाडौं माघ २५ । सरकारले बैशाख ३० गतेका लागि ७ सय ५३ स्थानीय तहमा एकसाथ निर्वाचन गर्ने निर्णय गरेको छ। २०७४ वैशाख ३१लाई आधार मान्दैं सरकारले निर्वाचनको मिति तोकेको हो। ७५३ पालिकामा १ हजार ५ सय ६ प्रमुख र उपप्रमुख, ६ हजार ७ सय ४३ वडाध्यक्ष र हरेक वडामा चारजनाका दरले २६ हजार ९ सय ७२ सदस्यका लागि मतदान हुदैं छ।

६ महानगरपालिका,१२ उपमहानगरपालिका,२ सय ७५ नगरपालिका र ४ सय ६० गाउँपालिकामा एक साथ निर्वाचन हुन लागेको हो। २०७४ सालको निर्वाचनमा एक करोड ५४ लाख मतदाता रहेकोमा यो बर्ष थप २२ लाख मतदाता थपिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकार दिए।

२०७४ सालमा ३ चरणमा निर्वाचन संपन्न भएको थियो । बैशाख ३१, असार १४ गते र असोज २ गते गरेर तीन चरणमा निर्वाचन संपन्न भएको थियो । करिव ८ अर्ब रकम खर्च भएको उक्त निर्वाचनमा करिव एक करोड चार लाख मतदाताले मतदान गरेका थिए । उक्त समयमा एक करोड ४० लाख मतदाताको नाम संकलन गरिएको थियो ।

२०७४ सालको स्थानीय तहमा एमालेले सवै भन्दा धेरै अर्थात ४० प्रतिशत सिट जितेको थियो । जस्मा मेयर र  अध्यक्ष गरी  २९७ स्थान जित्ता  उपमेयर र उपाध्यक्षको सङ्ख्याँ ३३१ सिट जितेको थियो । दोस्रोमा रहेको काँग्रेसले ३४ प्रतिशत सिट जितेको थियो । जस्मा २७४ मेयर र अध्यक्ष जित्दा उपमेयर र उपाध्यक्ष २४५ जीतेको थियो ।

१४ प्रतिशत जितेको माओवादी केन्द्र तेस्रो स्थानमा थियो । माओवादीका १०६ जनाले मेयर र अध्यक्ष जित्दा १११ जनाले  उपमेयर र उपाध्यक्षमा जितेका थिए ।  तत्कालीन संघीय समाजवादी चौथो स्थानमा थियो भने तत्कालीन राजपा पाचौं स्थानमा थिए । जस्मा उनीहरुले क्रमश मेयर/अध्यक्ष-३४ र उपमेयर/उपाध्यक्ष- ३२,मेयर/अध्यक्ष-२५ उपमेयर/उपाध्यक्ष-३० सिट जितेका थिए ।

तत्कालीन फोरम लोकतान्त्रिक (हाल कांग्रेसमा विलय)ले मेयर र अध्यक्षमा ६ सिट त्यस्तै राप्रपाले मेयर र अध्यक्ष ४ तथा अन्य साना दलले १२ स्थानीय तहको प्रमुख र अध्यक्षमा जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *