कोरोनाका कारण प्रभावित ए डिभिजन लिगको दशौं चरणको खेल शुक्रबारबाट

काठमाडौं माघ २५ । कोरोनाका कारण स्थगित भएको सहिद स्मारक एडिभिजन लिग अन्तरगतको १०औं चरणको खेलहरु शुक्रबारदेखि शुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले नवौं चरणको पुलिस र च्यासल युथ क्लबबीचको स्थगित खेल बुधबार गर्ने र दशौं चरणको खेल शुक्रबारबाट गर्नेगरी नयाँ कार्यतालिका सार्वजनीक गरेको छ ।
१०औं चरणको पहिला खेल फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब बीच हुदैं छ । शुक्रबार नै त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
हालसम्म आइपुग्दा साविक विजेता मछिन्द्र फुटबल क्लब अपराजित रहँदै ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।