ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

थापाको राजीनामा पछि फैलिएको तरङ्ग

काठमाडौं माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेसंगै नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित भएका थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए ।

निर्मला निवासको हस्तक्षेपबारे छानिविन गर्न माग गर्दै आएका थापाले स्थानीय तहको निर्वाचन घोषणा अघि नै आफ्नो माग सम्बोधन हुनुपर्ने अडानमा थिए । तर उक्त सम्भावना नभएको भन्दैं सोमबार हेटौंडा पुगेर पूर्वअध्यक्ष थापाले मंगलबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

तर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थापालाई पार्टीबाट अलग हुने निर्णयमा पुन: विचार गर्न अनुरोध गरेको छ । विज्ञप्ती मार्फत राप्रपाले भनेको छ- ‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रुपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रुपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनी गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *