शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौ,माघ २५ l शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या आएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको छ।अस्पतालका अनुसार जोशीलाई मंगबार दिउँसो १ बजे अस्पताल लगिएको थियो।
सिटी स्क्यानको रिपोर्टमा भने निमोनिया देखिएकाले एन्टिबायोटिक सुरु गरिएको अस्पतालले जनाएको छ।जोशीको अन्य सम्पूर्ण स्वास्थ्य परीक्षण र पीसीआर जाँच गराइएको तर रिपोर्ट भने आइनसकेको अस्पतालले जनाएको छ ।