ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जाल्पा सामुदायिक लघुवित्तको आइपियोमा आवेदन दिने हालसम्मकै उच्च_साढे २६ लाख

काठमाडौ,माघ २५ l जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा आवेदन दिनेको संख्या साढे २६ लाख नाघेको छ।लघुवित्तको आइपीओमा लगानीकर्ताको संख्याले नयाँ रेकर्ड बनाएको छ।

लघुवित्तको आइपीओमा हालसम्मकै उच्च २६ लाख ५९ हजार ५ सय ४० जना लगानीकर्ताले आवेदन दिएका छन्।बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आवेदन दिने अन्तिम दिन आज साँझ ५ बजेसम्म २६ लाख ५९ हजार ५ सय ४० जनाले ३ करोड २५ लाख २० हजार ५ सय ८० कित्ताका लागि आवेदन दिएका छन्।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६६ दशमलव ६५ गुणा बढी हो।यसको अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ lयो आइपीओ भर्ने आज अन्तिम दिन हो।कम्पनीले माघ २१ गतेबाट ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *