ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १९५७ जनामा संक्रमण पुष्टि,११ जनाको मृत्युु

काठमाडौ,माघ २५ l स्वास्थ्य मन्त्रालयका अनुशार देशभरका प्रयोगशालाबाट १२ हजार ६ सय ९२ नमूना परीक्षण गर्दा १ हजार ९ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कोरोनाका कारण थप ११ जनाले ज्यान गुमाएका छन्।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार ८ सय ३८ जना रहेका छन् हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ दशमलव ३ रहेको छ।

मन्त्रालयका अनुशार पछिल्लो चौबीस घण्टामा ५ हजार १ सय ३ थपिएर हालसम्म निको हुने संख्या ९ लाख २० हजार ५ सय ९२ पुगेको छ।कूल संक्रमितमध्ये निको हुने दर ९५ प्रतिशत हो।

देशभर संक्रिय संक्रमित संख्या ३६ हजार १ सय ८१ जना रहेका छन्।भने क्वारेन्टिनमा १ सय ४० जना रहेका छन्।देशभर आइसियुमा २ सय ५६ र भेन्टिलेटरमा ३८ जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *