निर्वाचनका लागि १२ अर्ब बजेटको अनुमान गत निर्वाचन भन्दाँ ४ अर्ब धेरै

काठमाडौं,माघ २५ । निर्वाचन आयोगले स्थानिय तहको चुनाव गर्न अनुमानित १२ अर्ब खर्च लाग्ने बताएको छ।आयोगले जनशक्ति तथा निर्वाचन उपकरण खरिद र व्यवस्थापनमा उक्त रकम खर्च गर्ने गरेको छ। २०६४ यताको निर्वाचन खर्चलाई हेर्ने हो भने हरेक निर्वाचनमा हुने खर्चको आंकडा बढदै गएको देखिन्छ।
२ हजार ७४ को प्रदेश र संघीय निर्वाचनमा ८ अर्ब २० करोड रुपैयाँ खर्च भएको थियो।त्यस्तै ७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब ११ करोड रुपैयाँ खर्च भएको थियो।पहिलो संविधान सभाको निर्वाचन २ हजार ६४ मा २ अर्ब ८० करोड मात्रै खर्च भएको थियो।पछिल्लो १४ बर्षमै निर्वाचन खर्च ४ सय प्रतिशतले बृद्धि भएको देखिएको छ।
मुद्रास्फीति,छोटो समयमा निर्वाचन गर्नुपर्ने दवाब र डलरको मुल्य बृद्धि, मातदान केन्द्र थपिनु जस्ता कारणले निर्वाचन खर्च बढदै गएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलको भनाई छ।निर्वाचन गर्न सामान्य तया एक सय २० दिन लाग्ने भएपनि ९० दिन हाराहारीमा गर्नु पर्ने भएकोले दातृ निकायले पनि सहयोग समस्या भएको प्रवक्ता पौडेलको भनाई छ।
यस बाहेक सुरक्षा लगायतका क्षेत्रमा गृह मन्त्रालयले खर्च गर्ने भएपनि खर्चको विवरण भने सार्वजनिक भएको छैन्।निर्वाचन सुरक्षाका लागि एक लाख म्यादि प्रहरी भर्ना गर्नुपर्ने बताएपनि खर्चको वितरण भने अझै सार्वजनिक गरेको छैन्।