ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२२ लाख मतदाता थपिदाँ २ हजार मतदान केन्द्र थप्ने आयोगको तयारी

काठमाडौं,माघ २५। सरकारले बैशाख ३० गतेका लागि ७ सय ५३ स्थानीय तहमा एकसाथ निर्वाचन गर्ने निर्णय गरेको छ।२०७४ वैशाख ३१लाई आधार मान्दैं सरकारले निर्वाचनको मिति तोकेको हो। ७५३ पालिकामा १ हजार ५ सय ६ प्रमुख र उपप्रमुख, ६ हजार ७ सय ४३ वडाध्यक्ष र हरेक वडामा चारजनाका दरले २६ हजार ९ सय ७२ सदस्यका लागि मतदान हुदैं छ।

अर्थात ६ महानगरपालिका,१२ उपमहानगरपालिका,२ सय ७५ नगरपालिका र ४ सय ६० गाउँपालिकामा एक साथ निर्वाचन हुन लागेको हो। २०७४ सालको निर्वाचनमा एक करोड ५४ लाख मतदाता रहेकोमा यो बर्ष थप २२ लाख मतदाता थपिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकार दिए।

निर्वाचन आयोगले मतदाताको सङ्ख्या बढेसंगै दुइ हजार मतदान केन्द्र थप गर्ने तयारी गरेको छ।तर विदेशमा भएका नेपालीलाई भने यो पटकको मतदानमा समेत सहभागि गराउन नसक्ने आयोगले जनाएको छ।करिव ४५ लाख मतदाता विदेशमा रहेको र उनीहरुलाई नेपाल आएमात्र मतदान प्रकृयामा समभागि गराउन सक्ने जनाउँदा विद्युतिय मतदान प्रकृया समेत समावेश गर्न नसकिने जनाएको छ।

कोरोना महामारीका विच हुन लागेको स्थानिय तहको निर्वाचनमा आयोगले हेल्थ डेक्स अनिवार्य राख्ने निर्णय गरेको छ।मतदान केन्द्र थप हुने हेल्थ डेक्स अनिवार्य हुने हुदाँ जनशक्ति थपिने भएपनि कति जनशक्ति प्रयोग हुने भन्ने एकिन तथ्याङ्क निकाल्न बाकीँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *