ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ग्लोबल छनोट खेल्न नेपाली राष्ट्रिय टिम आज ओमान जादैं

आईसीसी पुरूष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जादैं छ । फागुन ६ गतेदेखि हुने प्रतियोगितामा नेपाल समुह ‘ए’मा छ ।

समुह ‘ए’मा नेपाल सहित ओमान, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्। उक्त समुहलाई दुई भागमा बाढिएको छ । उक्त दुई समुहका दुई टिम सेमिफाइनमा पुग्दाँ फाइनल खेल्ने दुई टिम टी–ट्वान्टी विश्वकपमा छनौट हुने छन् ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिममा , कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम रहेका छन् ।

नेपालले खेल्ने तालिका यस्तो छ ।

  • नेपाल Vs ओमान –  ओमान एकेडेमी १-  फागुन ६
  • नेपाल Vs फिलिपिन्स –  ओमान एकेडेमी  २-  फागुन ७
  • नेपाल Vs क्यानडा –  ओमान एकेडेमी १ – फागुन ९
  • सेमिफाइनल १ र २ – ओमान एकेडेमी २-१ –  फागुन १०
  • फाइनल –  ओमान एकेडेमी १ – फागुन १२

Leave a Reply

Your email address will not be published. Required fields are marked *