कोरोनाका कारण १३ जनाको मृत्यू हुदाँ १ हजार ५ सय ७० जनामा संक्रमण पुष्टी

काठमाडौं माघ २४ । स्वास्थ्य मन्त्रालयका अनुशार देशभरका प्रयोगशालाबाट ११ हजार ३ सय ६५ नमूना परीक्षण गर्दा १ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाका कारण थप १३ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार ८ सय २७ जना रहेका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ दशमलव ३ रहेको छ ।
मन्त्रालयका अनुशार पछिल्लो चौबीस घण्टामा ६ हजार १ सय ४३ थपिएर हालसम्म निको हुने संख्या ९ लाख १५ हजार ४ सय ८९ पुगेको छ । कूल संक्रमितमध्ये निको हुने दर ९४ दशमलब ६ प्रतिशत हो ।
देशभर संक्रिय संक्रमित संख्या ४० हजार १ सय ११ जना रहेका छन् । भने क्वारेन्टिनमा १ सय ३७ जना रहेका छन् । देशभर आइसियुमा २ सय ५५ र भेन्टिलेटरमा ४२ जना उपचाररत छन् ।