चन्द्रागिरीमा हिउ खेल्दाँ हराउका पाँच जनाको सकुसल उद्दार

काठमाडौं माघ २४ । चन्द्रागिरी डाडाँमा हिउॅ खेल्न क्रममा हराएका काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालीका वडा नं.६ महादेवस्थान बस्ने पाँच जनालाई प्रहरीले उद्दार गरेको छ ।
एकै परिवारका पाँच जना हराउको सुचनाका आधारमा प्रहरीले खोजी गर्दाँ चन्द्रागिरी जंगलबाट आज साढे ए बजे फेला पारी सकुशल उद्धार गरी स्वास्थ्य परीक्षण समेत गराई आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
उद्दार गरिएकामा चन्द्रागिरी नगरपालीका वडा नं. ६ महादेवस्थान बस्ने बर्ष २३ की रिता गुरुङ ,बर्ष १५ की सौभाग्य गुरुङ , बर्ष १३ का सहज गुरुङ, बर्ष ११ की जेनिसा गुरुङ र बर्ष ७ का एरविन गुरुङ रहेका छन् ।