ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हेर्दां राम्रो देखे पुग्ने फास्टफुड जस्तै २१ औं सताब्दीको मायाँ

काठमाडौं,माघ २४।अहिले हामी ट्वान्टी फ्रष्ट सेन्चुरीमा छौं।अहिले किशोर-किशोरिहरु फास्ट फूड कल्चरमा हुर्किरहेका छन्।उनीहरु सानो सानो कुरामा खुसि हुने र आफुले चाहेका हरेक कुरा चाँडो हासिल होस भन्ने चाहाना राखेर अगाडी बढेका हुन्छन्।त्यसैले अहिलेका युवायुवतिहरु १४- १५ बर्षदेखि नै प्रेममा पर्छन्।तर यस्तो प्रेम धेरै समय टिक्दैन र उनिहरु टिकाउन पनि सक्दैनन्।

आजभोलीको प्रेम खाली आर्कषणमा केन्द्रित त, मनसंग पुग्न सक्दैन न त्यसैले मिलन पनि छिटो हुन्छ र त्यतिकै छिटो वियोग पनि।शारिरिक आकर्षकै कारण मात्र हुने हुदाँ प्रेम त गर्छन तर उनीहरुलाई प्रेम के हो ? किन गरीन्छ भन्ने नै थाहा नै हुदेंन धेरैलाई।त्यसैले अहिले प्रेमलाई समय बिताउनका लागि मात्र गरेको पाइन्छ।अहिलेको किशोर- शोरीहरुमा सहनसिलता त्याग र समर्पण जुन प्रेमको अर्थ हो परिभाषा हो त्यो नै पाइदैन

माया भन्ने शब्द यति धेरै सस्तो भइसकेको कि कसैले कसैलाई साच्चै नै माया गर्छ भने त्यो पो गलत मान्छे सावित हुन थालेको छ।मानिसमा विश्वास र माया के हो भन्ने नै छैन्।छ त केवल शारिरिक आकर्षण र धनमा आशक्ती पना।त्यसैले पनि भविष्य भन्दा वर्तमानमा रमाउनेको सख्या बढि रहेको छ। जस्ले भविश्य अन्यौल बढ्न थालेको छ।त्यसैल अहिलेका युवाले प्रेमको अर्थलाई नै रुपान्तर गर्दैं बनाइ दिए ट्वान्टी फ्रस्ट सेन्तुरीको माया।

अहिले क्षणिक रमाइलोको लागि कोहीको जीवनसँग मानिसहरु यसरी खेलिरहेका हुन्छन्।त्यसैले तिमि साचो मायाँ कसैलाई गर्छौ भने तिमि त झुटो र समाजको अगाडी नराम्रो मान्छे मात्र बन्न पुग्छौ।अहिले साच्चो मायाको कदर नै छैन्।सम्बन्ध बचाउनका लागि कुनै झुकाब नै छैन्।यदि तिमि सम्बन्ध जोगाउनका लागि झुक्न थालायौ भने तिमिलाई त्यही मान्छेले भन्न थाल्छ कि कोही पाईन त्यसैले मरिहत्ये गर्दै छे।त्यो जति गलत सोचाई के होला र उसले अरु पाउदा उसले पनि नपाउन्ने पक्कै हैन्।

दुई दिनमा लभ पर्यो फिल्म हल,डान्स बार,क्लव र पार्टीमा गयो मेरो प्रेमि प्रेमिका भन्यो दुनियाँ सँग परिचय गरायो अनि सम्बन्ध टुक्रायो।पहिले प्रेम गर्ने भन्ना साथ आफुलाई पनि बुझोस र जिन्दगिभर साथ देओस।तर अहिले त्यस्तो व्यक्तिको खोजी नै हुदैन।अहिलेको प्रेम भनेको समय त खुब बिताइन्छ तर बिछोड भएपछि यादको त कुरा छाडौं चिनजान पनि हुदैन।अहिल्का युवा युवतिहरु भविष्यमा भन्दा पनि वर्तमानको बारेमा मात्रै सोच्ने गर्छन्।उनीहरु वाक्क,दिक्क लाग्दो बोरिङ जीवन भन्दा पनि प्रेमी-प्रेमीका अरु सँग सम्बन्ध गाँसेर फ्लर्ट गर्न पछि पर्दैनन्।

खासमा भन्ने हो भने उनीहरुसँग परिपक्व सम्बन्धका लागि समय नै छैन। सम्बन्धलाई निभाउने धैर्य धारण गर्न सक्ने क्षमता नै छैन्।ब्यस्त जीवन,शहरी भागदौड र पैसाको पछि लाग्ने जमानामा साँचो प्रेमले ठाँउ नै पाँउदैन।आज सबै भौतिक सुखको सपना मात्रै देख्न व्यस्त छन्।भावनाको यहाँ कुनै कदर छैन।सबैलाई मोज मस्ति आरामदायि जिवनको मात्र चहाना छ।

आजकालका युवायुवतीलाई हरेक कुराको परिणाम त्तकाल प्राप्त होस चाहन्छन् त्यसैले हरेक कुरा तत्काल चाहन्छन्।रेष्टुरेन्टमा गएर अर्डर गर्नासाथै फास्ट फुड आए जस्तै उनीहरुलाई प्रेममा पनि सबै कुरा फास्ट चाहिएको छ। सम्बन्धमा गम्भिरता समयसँगै आँउछ र अर्को व्यक्तिसँग जोडिनको लागि वर्षौं लाग्छ।तर,अब प्रेमको लागि समय र धैर्य कम हुँदै गएको छ।अहिले प्रेम गर्नु अगाडी विकल्प तयारी गरेर गरीरहेका हुन्छन्।आफूले भनेको जस्तो भएन भने अर्को विकल्प सोचि सक्छन्।उनीहरु लालची भएका छन्।

हुन त नयाँ नयाँ प्रविधिले गर्दा पनि होला विदेशमा भएका साथीभाइ आफन्तसँग पनि सजिलै भिडियोकल,भ्वाइसकल गर्न सकिन्छ। तर नजिकै भएका मानिस सँग भने कुराकानी गर्ने फुर्सद हुदैन।अहिले शारीरिक उपस्थितीको स्थान फेसबुक,इन्स्टाग्राम,टि्वटर,हृवाट्सएप,भाइबरले लिएको छ।एकअर्कासँग समय बिताउने आवश्यकता महसुस नै हुँदैन।

प्रेम सम्बन्धमा सेक्स महत्त्वपुर्ण होइन तर अहिले युवा युवतीहरु प्रेमभन्दा पनि सेक्सलाई महत्व दिन थालेका छन्।अहिले मल्टिपल रिलेसनसिपको पनि चलन आएको छ।त्यस्तै प्रेम सम्बन्धमा नभए पनि मिल्ने साथीबीच पनि यौनसम्बन्ध हुने गरेको पाइन्छ।पहिले झैं अहिले प्रेममा पागल जसरी भौतारिने समय अब कसैसँग पनि छैन।तर,हामी सायद विस्तारै-विस्तारै यी शब्दको अर्थ भुलिरहेका छौं।आधुनिक समयमा रहेका हामी कतै प्रेमको महत्व नै भुल्ने त होइनौं ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *