ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रचण्ड सहितको हस्ताक्षरले अझ गिजोलिएको एमसीसी

काठमाडौं माघ २४ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी मुख्यालयलाई पठाएको पत्र सार्वजनिक भएसंगै नेपाली राजनीति तरङ्गितमात्र बनेने करिव १ बर्ष पछि प्रचण्ड र ओलीको भेटको अवस्था श्रीर्जना भयो त्यो पनि प्रधानमन्त्री देउवासंगको रोहबरमा ।

संसदमा अघि बढाउने कि रोक्ने भन्नेमा सत्तारुढ दलहरुभित्रै विवाद बढ्दै जादाँ गठवन्धनको निरन्तरतामा माथी प्रश्न सुरु भउको थियो । गठवन्धन भित्र कांग्रेस कुनै हालतमा एमसीसीबाट पछि नहट्ने अवस्थामा हुदाँ माओवादी अध्यक्ष प्रचण्ड र नेकपा समाजवादी यसको पुरै विरुधमा थियो । तर एकाएका प्रचण्डको समेत हस्ताक्षर सहित एमसीसीलाई पठाएको पत्र सार्वजनीक भयो । जस्लाई प्रचण्डको सचिवालयले गठवन्धन जोगाउनका लागि पठाएको भने पनि प्रचण्ड प्रश्नै प्रश्नको घेरमा छन् ।

पत्रमा देउवा र दाहालले एमसिसी पारित गर्ने वातावरण बनाउन चार–पाँच महिनाको थप समय मागेको देखिन्छ। सोही पत्र सार्वजनीक भएपछि सचिवालयको उत्तर तथा चुनाव पछि एमसीसी अघि बढाउने प्रचण्णको प्रस्तावको आलोचना मात्र भएको छैन । स्वास्थ प्राप्तीका लागि जे पनि गर्छन नेपाली नेताहरु भन्ने सिद्ध गरेको धेरैको भनाई छ । द्वदकालका उनकै सहयात्री डा बाबुराम भट्टराईले प्रचण्डको भित्रको खोक्रो राष्ट्रबाद उदाङ्गो भएको बताएका छन् ।

तर गठवन्धन भित्र बढेको तिक्तदां चुलिएको एमसीसी विवाद र स्थानिय तहको निर्वाचनको समय तोक्न भएको हतारको विचामा प्रधानमन्त्री देउवा र दाहालले झण्डै ६ महिना अघि अर्थात सेप्टेम्बरमा एमसीसीलाई पठाएको पत्र अहिले सार्वजनीक हुनुलाई विशेष महत्वका साथ हेरिएको छ । स्कटल्यान्डमा भएको जलवायू परिवर्तन सम्वन्धी सम्मेलनबाट फर्कँदा गत कार्तिकमै प्रधानमन्त्रीले पारित गर्नेगरी पत्र नै पठाइएको बताएका पनि प्रचण्डले भने त्यसको खण्डन गरेका थिए ।

सभामुखलाई संसदमा सम्झौता टेबल गर्न संयुक्त रूपमा आग्रह गर्ने सम्मको विषय पत्रमा उल्लेख छ । तर आफैले मागेको समय घर्किँदा पनि एमसिसी सदनमा पेश गर्ने वातावरण नबन्दा बिषय झन जटिल बन्दैछ । अहिले पनि अडानहरु उस्तै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *