ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सात पटकको विजेता इजिप्टलाई हराउदैं सनेगलले जित्यो पहिलो पटक अफ्रीका कप अफ नेसन्स फुटबलको उपाधि

काठमाडौं माघ २४ । सात पटकको विजेता इजिप्टलाई हराउदैं सनेगलले पहिलो पटक अफ्रीका कप अफ नेसन्स

को उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराउँदै सेनेगल च्याम्पियन बनेको हो ।निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा डिङ, अब्डोउ डिआलो र कालिडोउ कुलीबालीले गोल गर्दा  बोउना सार गोल इजिप्टका गोलकिपर मोहमद अबुगाबलले बचाएका थिए ।

इजिप्टका अहमेद सायद र मार्वान हाम्दीले गोल गर्दां मोहनद लासहेन र मोहमद अब्देलमोनेम पेनाल्टीमा गोल गर्न असमर्थ बनेपछि आठौं पटक उपाधि जित्ने सपना विफल बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *