ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १३८६ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठ्मान्डौ माघ २३ । देशभरका प्रयोगशालाबाट ९ हजार २ सय ५१ नमूना परीक्षण हुँदा काठमाडौं उपत्यकामा ५ सय ६६ जना सहित देशभर १ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो ।

आजगरीएका कुल परीक्षण मध्ये संक्रमण पुष्टि हुने दर १८ दशमलव ४ प्रतिशत रहेको छ ।  त्यसैगरी, पछिल्लो चौबीस घण्टामा ८ हजार ७ सय ४ थपिएर हालसम्म निको हुने संख्या ९ लाख ९ हजार ३ सय ४३ पुगेको छ । कूल संक्रमितमध्ये निको हुने दर ९४ दशमलव १ प्रतिशत हो ।

त्यस्तै, गत चौविस घण्टामा ११ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यो सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय १४ पुगेको छ । मृत्युदर कूल संक्रमितको १ दशमलब ३ प्रतिशत हो ।
देशभर सक्रिय संक्रमित संख्या ४५ हजार २ सय ४८ जना र क्वारेन्टिनमा १ सय ३७ जना रहेका थिए ।

देशभर आइसियुमा २ सय ६९ र भेन्टिलेटरमा ४६ जना उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *