नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा ५५५ जना उत्तीर्ण

काठ्मान्डौ माघ २३ । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षामा ७७ प्रतिशत उतर्णि भएका छन् । काउन्सिलले शुक्रबार र शनिबार लिएको पोष्टग्राजुएट्स पीजी तहको लाइसेन्स परीक्षा बिशेष परीक्षामा ७६.७६ प्रतिशत उत्तीर्ण भएका हुन्।
काउन्सिलका अनुसार परीक्षाका लागि फारम भर्ने ७ सय ३४ भएपनि परीक्षामा ७ सय २३ जना सहभागी थिए। त्यसमध्ये ५ सय ५५ जना पास भएका छन् भने १सय ६८ जना फेल भएका छन्। परीक्षामा ११ जना परिक्षामा अनुपस्थितरहेको जानकारी दिएको छ ।