ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमसीसीसंगको पत्र सार्वजनीक भएपछि माओवादीले सरकार छाड्दैं

काठमाडौं, २३ माघ । नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गराउनेगरि लेखेको पत्र सार्वजनीक भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्ड रुष्ट व्यक्त गर्दैं मन्त्री फिर्ता गर्ने भएको हो ।

प्रचण्डनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार आज (आइतबार) विहान प्रचण्डले प्रधानमन्त्री देउवालाई फोन गरेर आफूले सरकारमा सहभगाी मन्त्रीहरुलाई फिर्ता बोलाउन लागेको जानकारी दिएका थिए ।

प्रचण्डले आफू र प्रधानमन्त्री देउवासँग अहिले एमसीसी पारित नगर्ने समझदारी भएको अवस्थामा एकाएक यसरी पत्रहरु सार्वजनिक गरिनु गलत भएको पनि आफूनिकट नेताहरुसँग गुनासो पोखेका छन् । एमसीसीसंगको पत्र आज सार्वजनीक भएपछि प्रचण्ड अन्यौलामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *