कालजयी नेपाली गित समेत गाएकी भारतीय वरिष्ठ गायिका लाता मंगेश्वकरको निधन

काठ्मान्डौ माघ २३। प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ बर्षको उमेरमा मृत्यु भएको छ । उनले आफ्नो सांगीतिक जीवनमा ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् । उनको योगदान नेपाली संगीतमा पनि रहेको छ ।
उनले गाएको नेपाली गीतहरु ‘आकाशको तिरमीर तारा म गन्न सक्दिन’, ‘जुन माटोमा जन्मेउ हामी’र ‘बाचुन्जेलीलाई’रहेका थिए । अन्तिम नेपाली गीत बाचुन्जेलीलाई का रचनाकार आनन्द अधिकारीले संगीतको सीमा नहुने र लता मंगेशकरको निधन विश्व संगीतकै लागि अपूरणीय क्षति रहेको जानकारहरु बताउछन् ।
‘सरस्वतीको रुपमा आउनुभएकी लता आज सरस्वती पूजाकै दिन सरस्वतीमै विलिन भएको भन्दै संगित प्रेमिहरुले उहाँप्रति हार्दिक श्रद्धासुमन !’ दिएका छन् ।
- ‘आकाशको तिरमीर तारा म गन्न सक्दिन’
मंगेशकरले गाएको यो गीतमा महेन्द्र वीर विक्रम शाह को शब्द रहेको थियो भने गीतमा संगीत हेमन्त कुमारले भरेका थिए । - ‘जुन माटोमा जन्मेउ हामी’
महेन्द्र वीर विक्रम शाहकै शब्दमा मंगेशकरले गाएको अर्को गीत ‘जुन माटोमा जन्मेउ हामी’ हो। यो गीत चलचित्र ‘माइतीघर’ का लागि बनाइएको थियो। यसमा जयदेवको संगीत रहेको थियो । - ‘बाचुन्जेलीलाई’
मंगेशकरले ‘जुन माटोमा जन्मेउ हामी’ रकर्ड भएको पाँच दशकभन्दा बढि समयपछि अर्को नेपाली गीत रेकर्ड गराइन्। गायक रामकृष्ण ढकाल र लताको स्वरमा सन् २०१२ को नोभेम्बरमा ‘बाचुञ्जेलीलाई’ सार्वजनिक भयो। यो गीतमा शिखर सन्तोषको संगीत रहेको छ भने, आनन्द अधिकारीको शब्द रहेको छ।
मंगेशकरले नेपाली संगीतकारसँग भने सन् १९५४ पहिलोपल्ट काम गरेकी थिइन्। प्रसिद्ध गायिका मंगेशकरको ९२ वर्षको उमेरमा निधन भयो। संगीत क्षेत्रमा महान पाश्र्व गायिका लताले भारतीय संगीत क्षेत्रलाई नयाँ परिभाषा दिएकी थिइन्।