दिनको एक पटक बिना यात्रु रेल कुदाउने

काठमाडौं माघ २२ ।फागुन १ गते बाट जनकपुरदेखि जयनगरसम्म बिना यात्रु रेल चलाउन तयारी भएको छ । जनचेतनाका लागि भन्दै रेल्वे कम्पनिले दिनको एक पटक बिना यात्रु रेल चलाउन लागेको हो ।
५८ जना नेपाली र २६ गरि ८४ जना भारतीय कर्मचारीलाई जनकपुरमा तालिम दिई रहेको र फागुन ११ गतेसम्ममा भारतीय र नेपालका प्रधानमन्त्रीले भर्चुअल रुपमा उद्घाटन गर्ने जनाइएको छ ।
पहिलो चरणमा जयनगर–कुर्था ३६ किमी, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म १८ किमी र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किमी लिक तथा विभिन्न स्टेशन निर्माण हुँदैछ।