ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लक्षित जनसंख्याको ७० प्रतिशतलाई खोप लगाएकोमा अमेरिकाले नेपाललाई बधाई

काठमाडौ,माघ २२ l लक्षित जनसंख्याको ७० प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाउन सफल भएकोमा अमेरिकाले नेपाललाई बधाई दिएको छ।अमेरिकी दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै महामारीविरुद्ध नेपाललाई उपलब्ध गराउँदै आएको सहायता निरन्तर हुने जानकारी दिएको छ।

अमेरिकाले महामारीविरुद्ध नेपाललाई २३ लाखभन्दा बढी खोप र १ सय २० मिलियन डलरभन्दा बढी सहायता दिएको बताएको छ lजुलाई १२ मा अमेरिकाले नेपाललाई १६ लाख मात्रा जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो भने अक्टोबर २५ मा १ लाख ६ सय २० मात्रा फाइजर खोप दिएको थियो।

लक्षित जनसंख्याको ७० प्रतिशतलाई खोप लगाउन सफल भएकोमा विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई बधाइ दिइसकेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *