ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

टर्की र ग्रीसको सिमानामा कठ्यांग्रिएर २२ आप्रवासीको मृत्यु

तस्बिर : टर्कीका आन्तरिक मामिला मन्त्रीको ट्विटरबाट

एजेन्सी,माघ २२ l भीषण हिमपातको कारण टर्की र ग्रीसको सिमानामा कठ्यांग्रिएर२२ आप्रवासीको मृत्यु भएको छ।टर्कीको अधिकारीहरुले शनिबार थप सात अप्रवासीको शव भेटिएको जानकारी दिएको छ।

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोलुले कठ्यांग्रिएर मृत्यु भएका आप्रवासीको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्।तयो तस्बिरबाट पनि के देखिन् भने शरिर छोप्ने कपडाको अभावमा ज्यान गुमाएको देख्न सकिन्छ।

ग्रीस र टर्कीबीच सीमाक्षेत्रमा भएको आप्रवासी संकटलाई लिएर तनाव चुलिएको बेला हिमपातको कारण आप्रवासीले ज्यान गुमाएका हुन्। एथेन्सको लापर्वाहीले आप्रवासीको मृत्यु भएको आरोप अंकाराले लगाएको छ।तर,एथेन्सले चाहिँ अंकाराको आरोपहरुलाई अस्वीकार गरेको छ।युरोप छिर्न टर्की हुँदै ग्रीस जानेहरु आप्रवासीहरु उक्त सीमामा जम्मा भएका थिए।

टर्कीस्थित गैरआवासीय नेपाली संघले मृत्यु हुनेहरुमा नेपालीहरु पनि हुनसक्ने जनाएको छ।टर्की मामिलास्थित हेरिरहेका पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले उक्त घटनामा नेपालीहरु परे वा नपरेको कुरा बुझ्ने काम भैरहेको बताएका छन्।टर्की–ग्रीस लगायतका मुलुकमा पछिल्लो साता भीषण हिमपातको कारण जनजीवन प्रभावित बनिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *