ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा कोरोना संक्रमण घट्दै गएको _स्वास्थ्य मन्त्रालय

काठमाडौ,माघ २२ l नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणदर घट्दै गएको सरकारी तंथ्याकले देखाउछ। छिमेकि मुलुक भारतमा पनि संक्रमण घट्दै गएकोले त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको मन्त्रालयले बताएकव छ।तर त्यस्तो भन्दैमा जनस्वास्थ्यका मापदण्ड पालना नगरी हेलचक्राई गर्न नहुने जानकारहरु बताउछन्।

नेपालमा कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको स्वास्थ्य मन्त्रालयले बताएको छ।नेपालमा केही दिन यता संक्रमण पुष्टि हुने संख्या र दर हेर्ने हो भने पनि संक्रमणदर घट्दो क्रममा रहेको देखिन्छ।छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो क्रममा रहेको र त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगित कौशल मिश्रले बताउनु भयो।अहिले नेपालमा संक्रमणदरमा कमि आउनुमा स्वास्थ्य सतर्कता अपनाउनु नै प्रमुख कारण रहेको र अझै पनि संक्रमणको जोखिम रहेकोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न हेलचक्राई गर्न नहुने उनले बताइन।

पहिले डेल्टा भेरियन्ट फैलिदा लामो समयसम्म संक्रमित संख्या बढाएको थियो भने अहिले ओमिक्रोन छिटो फैलने र छिटो घट्ने गरेको देखिएको छ। अहिले नेपालले संक्रमण दर इन्डिया र चाईनासँग तुलना गरीरहेको छ।सोही अनुरुप संक्रमणदर घट्दो क्रममा छ।तर संक्रमणदर घटेपनि स्वास्थ्य सावधानि भने अपनाउनु आवश्यक छ धेरै भिडभाँडमा नजाने र खोप लगाएको छैन भने जति सक्दो छिटो खोप लगाउनु पर्ने डा मिश्राले बताउनु भयो।

अहिले कोरोना रोकथाम र नियन्त्रणका लागि खोप नै आवश्यक भएकोले खोप लगाउनका लागि कुनै अभाव नभएको मन्त्रालयले बताएको छ। सरकारले नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरीरहेको छ भने विभिन्न प्रकारका खोप आउने क्रममा पनि रहेका छन।खोप अभाव हुन नदिनका लागि व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर स्वास्थ्य मन्त्रालय गमभिर भएर लागि परिरहेको छ।

सरकारले खोपको अभाव हुन नदिन प्रदेश स्तरमै भण्डार केन्द्रहरुको विस्तार गर्दै अगाडी बढीरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ।त्यसैगरी सो खोप लगाउने काममा पनि कोही नागरिक नछुटून भनेर सरकारले नागरिकतालगायतका आवश्यक कागजजातहरु नहुँदा पनि खोप लगाउन पाउने व्यवस्था गरेको छl

स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै पनि समुदायमा रहेकोले खोप लगाउने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न सबै नागरिकलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *