ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

समितिमा आफै बस्ने अनी जनगणनामा आफै छुट्यौ भन्ने कस्ता जनप्रतिनिधि ?

काठमाडौं माघ २२ । रामेछापको खाडादेवि गाँउपालिकाले केन्द्रिय तथ्याङ्क विभागले गरेको जनगणनामा मतदाता सङ्ख्या भन्दाँ थोरै जनसङ्ख्या देखाएको भन्दैं गाँउपालिकामा पुन गणना सुरु गरेको छ । स्थानिय तह निर्माण भएसंगै गाँउपालिकाले दुई पटक गणना गर्दा भन्दाँ जनसङ्ख्या कम भएको भन्दै पुन गणना सुरु गरिएको प्रष्ट पारेको छ।

गाँउपालिका अध्यक्ष प्रेम बहादुर तामाङ तामाङका अनुसार गाउँपालिको जनसङ्ख्या १९ हजार हाराहारीमा देखाएको तर मतदाता नै २३ हजार रहेको उनको भनाई छ। त्यो भन्दा अघि करिव ६ हजार १६ बर्ष मुनिका बालबालिका देखिएकोमा त्यो कतै नदेखिएपछि पुन गणना गर्नु परेको दावी गर्छन् ।

त्यस्तै मंगलबार प्रतिनिधिसभा अर्थ समितिको केन्द्रिय तथ्याङ्क विभागको राष्ट्रिय जनगणनाका विषमा आफू र आफ्नो परिवारलाई समेत थाहा नभएको भन्दैं सांसदहरुले समितिमै गुनासो गरेर। उनीहरुले आफु छुटेकोमात्र नभइ गणनाको प्रकृया समेत गलत भउको आरोप लगाए ।

त्यसो त जनगणनाको प्रारम्भिक नजिजा आउदैं गर्दा धेरैले सामाजिक सञ्जाल मार्फत आफुहरु गणनामा छुटेको जनाएका थिए । तर पछि उनिहरु धेरैको तथ्याङ्क विभागमा फेला परेको छ । भने छुटेकाको तथ्याङ्क समेत विभागले विभिन्न माध्यमबाट संकलन गरिरहेको छ । विभागको वेवसाइड र कल सेन्टर मार्फत आफ्नो विवरण टिपाउनेको जम्मा सङ्ख्या  करिव १ हजार हाराहारीमात्र छ ।

त्यसो त विभागले यस पछि पनि जनगणना जाच सर्वेक्षणका  गर्दैं छ । विश्वका विकसित भनिएका देहामा पनि सर्वेक्षणका क्रममा छुट्ने गरेको तथ्याङ्कले देखाउछ । अघिल्लो पटक अमेरिकामा १दशमलव १ प्रतिशत अर्थात ३० लाख जनसङ्ख्या गणनामा छुट्दाँ भारतमा २ दशमल ३ प्रतिशत अर्थात १ करोड ७० लाखको जनसङ्ख्या गणनामा छुटेको देखिन्छ ।

नेपालमा २०५८ सालमा द्वद्दका कारण ५ प्रतिशत अर्थात ४ लाख  जनसङ्ख्या छुटेको थियो भने २०६८ सालमा ३ दशमलव ६ प्रतिशत जनसङ्ख्या छुटेको थियो । तर यो पटक धेरै जनसङ्ख्या नछुटेको विभागको भनाई छ ।

यो पटक ३९ हजार गणक र साढे ८ हजार सुपरीवेक्षक घर दैलोमा पुगेर तथ्याङ्क संकलन गरेका थिए । जनगणना अक्सर बसोबास स्थानका आधारमा गरिने भएका कारण केही जनसङ्ख्या छुटन् सक्ने विभागको भनाई छ ।

विभागका निर्देशक ढुंडीराज लामिछाने  जनगणना अघि प्रदेश संवन्योय परिषद देखि वडा सहजिकरण समितिसम्मले गणनाका विषयमा प्रतिवद्धता जनाएको तथा केही स्थानिय तहले गणका लागि नै बेग्लै टि सर्ट छापिदिएको उनको भनाई छ । लामिछाने भन्छन् – मुख्यमन्त्रीले अध्यक्षता गर्ने प्रदेश सम्वन्नोय  परिषदमा गाँउपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर पालिकाका मेयर उपमेयर सहभागि हुनुहुन्छ भने प्रशासकिय अधिकृताको संयोजकत्वमा भएको वडा समितिमा वडाध्यक्षसम्म सहभागि हुदाँ जनप्रतिनिधिले थाहा छैन भन्नु  आफैमा अनौठो विषय हो ।

केन्द्रिय तथ्याङ्क विभागले १२ औं जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनीक गर्दें नेपालको कुल जनसङ्ख्यां २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *