क्यान्सरका कारण नेपालमा बर्सेनि १५ देखि १७ हजारले ज्यान गुमाउने गरेका छ्न

काठमाडौ,माघ २१ l आज विश्व क्यान्सर दिवश।विश्वभर क्यान्सरका बिरामी बढ्दो क्रममा रहनुमा लाई चिकित्सकहरु अस्वस्थ्यकर खानपान,बदलिंदो जीवनशैली र वातावरणीय प्रदुषणलाई प्रमुख कारक ठान्छन्।अहिले सर्नेभन्दा नसर्ने रोग जनस्वास्थ्यको प्रमुख चुनौति बनेको भन्दै यस्ता रोगको निदानका लागि दिर्घकालीन रणनिति बनाउनुपर्ने विज्ञहरु बताउँछन्।
पछिल्लो समय सर्ने रोग भन्दा नसर्ने रोगको प्रकोप बढ्दो छ।त्यसमा पनि प्राणघातक क्यान्सर विश्वमा मानिसको मृत्युको दोश्रो कारण बनिरहेको छ। यसविरुद्ध सचेतनास्वरुप बर्षेनी फ्रेबुअरी ४मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ।यसवर्ष ‘क्लोज द केयर ग्याप’ नारासहित मनाइएको क्यान्सर दिवसले उपचार पाउनुपर्ने बिरामी र सेवा दिनेबिचको दूरी घटाएर सबैमा उपचारको पहुँच हुनुपर्नेमा जोड दिएको छ।
क्यान्सरले व्यक्ति,परिवार र समाजमा अत्यन्त ठूलो सामाजिक, मानसिक एवं आर्थिक दबाब पर्नेगरेको छ।अस्वास्थ्यकर खानपान, बदलिंदो जिवनशैली,परिवर्तित वातावरण,वंशानुगत गुण,शारीरिक व्यायाम,मद्यपान र धूम्रपानले क्यान्सरका बिरामी बढिरहेको क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही बताउछन्।
पहिचान तथा उपचारको पहुँच सर्वसुलभ नहुँदा नेपालमा क्यान्सर ठूलो समस्याका रुपमा रहेको छ।अधिकाँशमा अन्तिम अवस्थामा पुगेर मात्र पहिचान हुने गरेकाले उपचारले नभेट्ने गरेकाले क्यान्सर नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक रहेको क्यान्सर रोग विशेषज्ञ डा.उज्ज्वल चालिसे बताउछन।
नेपालमा क्यान्सर रोगीको यकिन आँकडा नभएपनि बर्षेनी २६ देखि ३० हजार थपिने र १५ देखि १७ हजार जनाको मृत्यु हुनेगरेको चिकित्सकहरुको भनाई छ।नेपालका क्यान्सरपीडितहरुमा मुख्यगरी फोक्सो,पाठेघरको मुख, स्तन,पेट र आन्द्राको क्यान्सर देखिएको छ।सरकारले क्यान्सर रोगिको उपचारका लागि प्रतिव्यक्ति १ लाख रुपैंयाँ सहायतासमेत प्रदान गर्दै आएको छ।