ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा बर्षेनी २५ हजार क्यान्सर रोगी थपिन्छन्

काठमाडौं माघ २१ । विश्वमा मानिसको मृत्यू हुने प्रमुख कारण मध्ये एक हो (अबुर्द रोग) अर्थात क्यान्सर । क्यान्सरकै कारण विश्वमा बर्षेनी एक करोड मानिसले ज्यान गुमाउने गरेका छन् भने नेपालमा करिव २५ हजार क्यान्सरका विरामी थपिने गरेका छन् ।

मानसिसका सरिरिमा विभिन्न प्रकारका क्यान्सर हुने गरेको छ । फोक्सोको क्यान्सर, रगतमा क्यान्सर, महिलाको पाठेघरमा क्यान्सर, स्तन क्यान्सर, आन्दाको क्यान्सर, पेटको क्यान्सर, कलेजोको क्यान्सर आदी । ग्लोबाक्स्यनले सन २०२०मा गरेको अध्ययन अनुसार नेपालमा प्रतिलाखमा ८१ जनामा क्यान्स र देखिदां ५५ जनाको मृत्यु हुने गरेको देखिन्छ ।

अर्को तथ्याङ्कले सन २०१८मा मात्र क्यान्सरका कारण ९६ लाख जनाले क्यान्सरका कारण ज्यान गुमाउनु परेको थियो । यो मानिसको मृत्यु हुने सवै भन्दाँ ठूलो दोस्रो कारण बन्न पुगेको छ।क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने अध्ययनले देखाउछ।१० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमी आदीका कारण क्यान्सरबाट मृत्यु हुने गरेको छ।

केही क्यान्सरहरुभने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् । यसरी हरेका बर्ष क्यान्सरका कारण मानिसको मृत्यु हुन थालेपछि प्रत्येक बर्ष फ्रेब्रुअरी चारलाई विश्व क्यानसर दिवसका रुपमा मनाउन थालिएको छ । धेरैलाई जागरण र उपचारका माध्यमबाट जोगाउन सकिन्छ भनेने यस्को उदेशय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *