ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राखेप सदस्य सचिवको मुद्धा त्तकाल समाधान गर्न खेलकर्मीको दवाव

काठमाडौं माघ २० । राखेपको सदस्य सचिव विवाद तत्काल समाधान गर्ने खेल कर्मीले आग्रह गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी प्रमुख सदस्य सचिव सम्बन्धी विवाद समाधान नहुदाँ खेलकुद गतिविधि प्रभावित भएको भन्दै खेलकर्मीले त्तकाल समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

सदस्य सचिवको विषय सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ । तर अदालतमा भएको विषयले निकास नपाउदाँ खेलकुद थप ठप्प हुदाँ परिषद्मा कार्यरत प्रशिक्षक, कर्मचारी लगायत सम्बन्धित सबैको काममा प्रत्यक्ष रुपमा असर परेको तथा संगै खेलाडीहरुको प्रशिक्षणमा समेत गम्भिर असर परेको उनीहरुको भनाई छ ।

चीनमा हुने एसियाली खेलकुदको तयारी, नवौं राष्ट्रिय खेलकुदको आयोजना, १४ औं दक्षिण एसियाली खेलकुद (साग) र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्नु पर्ने समस्या भएको भन्दैं उनीहरुले नेपाल सरकार र युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *