ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सिरियामा भएको भिडन्तमा परी कम्तीमा १० जनाको मृत्यु

एजेन्सी,माघ २० lसिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परेर १० जना सर्वसाधारणको ज्यान गएको छ।सो क्षेत्रमा सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका बीचका भिडन्त भएको थियो।त्यसमा परेर १० जना सर्वसाधारणको ज्यान गएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन्।

सिरियाको उत्तरी सहर अलेपोमा कुर्दिस् र टर्कीस् मिलिसियाका बीचमा भिडन्त भएको सिरियाली सरकारी समाचार समिति,सानाले जनाएको छ।सो सहरको बस्तीमा दुई पक्षका हतियारधारीका बीचमा दोहोरो गोली हानाहान भएको र त्यसमा सर्वसाधारण परेका सो समाचार समितिले जनाएको छ।

उक्त सहरमा केही समयतादेखि हिंसा भइरहेको छ।यसरी हुने विभिन्न सशस्त्र समूहहरुका भिडन्तमा सर्वसाधारणले ज्यान गुमाउने गरेका पनि समाचारमा जनाइएको छ।यसरी सर्वसाधारणको ज्यान जाने कार्य यहँ चिन्ताजनक रहेको सिरियाका मानवअधिकारवादीहरुले बताउने गरेका छन्।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *