देशभर ३१७५ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्युु

काठ्मान्डौ माघ २०। स्वास्थ्य मन्त्रालयका अनुशार देशभरका प्रयोगशालाबाट १२ हजार ६ सय ५ नमूना परीक्षण गर्दा ३ हजार १ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार ७ सय ७८ जना रहेका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ दशमलव ३ रहेको छ ।
मन्त्रालयका अनुशार पछिल्लो चौबीस घण्टामा ८ हजार ७ सय २३ थपिएर हालसम्म निको हुने संख्या ८ लाख ८७ हजार ४ सय ४३ पुगेको छ । कूल संक्रमितमध्ये निको हुने दर ९२ दशमलब २ प्रतिशत हो ।
देशभर संक्रिय संक्रमित संख्या ६३ हजार २ सय९६ जना रहेका छन् । भने क्वारेन्टिनमा १ सय ३८ जना रहेका छन् । देशभर आइसियुमा २ सय ८१ र भेन्टिलेटरमा ५९ जना उपचाररत छन् ।