ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गुल्मी रेसुङ्गा विमानस्थलमा आगामी वैशाखदेखि नियमित उडान गर्ने गरी तयारी

काठमाडौ,माघ २० | गुल्मी रेसुङ्गा विमानस्थलमा आगामी वैशाखदेखि नियमित उडान गर्ने गरी तयारी सुरू भएकाे छ।अहिले विमानस्थलमा टर्मिनल भवन र धावन मार्गको काम अन्तिम चरणमा छ भने विमानस्थलको टर्मिनल भवन र धावनमार्ग कालोपत्रे गर्ने काम अबको एक सातामा सकिने आयोजनाले बताएको छ |

विमानस्थलबाट टुइनेटर विमान उडान हुने भएकाले नियमित उडान हुने रेसुङ्गा नगरपालिका का प्रतिनिधिले बताएका छन्|नरका प्रतिनिधिका अनुसार गत वर्षको मंसिरदेखि नै एअरलाइन्स कम्पनीले उडान गर्नका लागि इच्छुक देखिएको बताईएकाे छ |

विमानस्थलसम्म आउने मोटरबाटो स्तरोन्नती,कालोपत्रेलगायतका कामहरूमा पनि ध्यान दिइएको अर्यालले बताए।प्राबिधिक समस्या नआए वैशाखबाट विमानस्थल सञ्चालनमा आउने छ।रेसुङ्गा विमानस्थलमा २०७५ साल जेठ २७ गते परीक्षण उडान पनि गरिएको थियो।

विमानस्थल निर्माणमा हालसम्म २४ करोड बढी रकम खर्च भएको आयोजनाले बताएको छ|जम्मा १७८ रोपनी रहेको विमानस्थलमा ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग निर्माणको काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *