चिसो मौसममा विशेष सतर्क अपनाउन चिकितसकहरुको सुझाव

काठमाडौ,माघ २० l मौसममा देखिएको बदलीले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै चिकित्सकहरुले सतर्क रहन सुझाएका छन्।यो बेला बालबालिका, वृद्धवृद्धा र रोग प्रतिरोधी क्षमता न्यून रहेका मानिसले उच्च सतर्कता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ।
केहिदिन यता मौसममा आएको बदलीले मानिसहरुमा विभिन्न खाले स्वास्थ्य समस्या देखिन थालेका छन्।चिसोले विशेष गरी दिर्घरोगी,बालबालिका, गर्भवती,वृद्धवृद्धा र रोग प्रतिरोधि क्षमता कम भएका मानिसमा स्वास्थ्यसम्बन्धी समस्या निम्त्याइरहेको छ।अस्पतालमा चिसोका बिरामी बढिरहेको र मौसमी फ्लुका यस्ता बिरामीको लक्षण ओमिक्रोन भाइरस संक्रमितसँग मिल्दोजुल्दो रहेको चिकित्सकहरुको भनाई छ।
अधिकाँशमा ज्वरो,रुघाखोकी,टन्सिल र स्वासप्रस्वाससम्बन्धी समस्या पाइएको छ।स्वास्थ्यप्रति सचेत र सतर्क रहेका मानिस यस्ता लक्षण देखिनासाथ अस्पताल पुग्ने गरेकाले चाप बढेको छात्तिरोग विशेषज्ञ डाक्टर निरज बम बताउनुहुन्छ।
चिसोबाट बच्नु नै सबैभन्दा उत्तम सावधानी भन्दै यो मौसममा रोग प्रतिरोधी क्षमता बढाउन खानपान र उठबसमा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ। घाममा बस्ने,तातो तथा स्वच्छ खानेकुरा खाने र धुमपान तथा मद्यपानबाट टाढै रहनेजस्ता बानी बसालेमा मौसमी फ्लु एवम् भाइरसबाट बच्न सकिने उहाँले बताउनुभयो।
चिसो मौसममा वायुमण्डलमा चल्ने सुख्खा हावाले मानवस्वास्थ्यमा प्रतिकूल असर गर्ने र हृद्यघातसम्मको खतरा रहेकाले विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव छ।