फागुन ६ गतेदेखि लोकसेवा आयोगका परीक्षा सुरु हुने

काठमाडौं,माघ २०।फागुन ६ गतेदेखि लोकसेवा आयोगका परीक्षा सुरु हुने भएका छन्।कोरोनाका कारण पटक पटक स्थगित गरिएको परीक्षाको तालिका आयोगले प्रकाशित गरेको छ।
उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ सातौं, आठौं र नवौं तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ देखि सुरू गर्ने आयोगको निर्णय छ।स्थगित परीक्षाहरू सञ्चालन गर्ने बुधबार बसेको आयोगको बैठकबाट निर्णय भएको छ ।