कोरियन भाषा पास हुनेलाई खुसीको खबर: ७ सय ६८ जना कोरिया पुगे १ सय ४८ जनाको उडने निश्चित

काठमाडौं माघ २० । सरकारले कोरियन भाषा पास भएर अन्योलमा बसेका कामदार तिव्र रुपमा पठाउन सुरु गरेको छ ।
विभिन्न मुलुकबाट दक्षिण कोरियाली सरकारले हरेक वर्ष हजारौको संख्यामा कामदार लैजाने गर्दछ जसमा नेपाल पनि पर्छ । तर भाषा परीक्षा पास गरि वर्षौ कुर्नु पर्ने बाध्यता नहटेको भन्दै सामाजिक सुरक्षा मन्त्रालय किसान श्रेष्ठले छरितो प्रक्रिया मार्फत तयारी सुरु गरेको बताएका छन् । मन्त्री श्रेष्ठले महामारीका कारण लामो समय भाषा परीक्षा पास गरेर जान नपाएका नेपाली कामदारलाई आफू मन्त्री भएपश्चात ७ सय ६८ जना कोरिया पुगिसकेको र यही ७ तारिखमा १ सय ४८ जनाको अर्को फ्लाईट रहेको तथा कोरिया सरकार र एचआरंडी मार्फत फ्लाईट संख्या बढाएर छरितो प्रणाली मार्फत लैजाने तयारी भएको बताउनुभएको छ ।
मन्त्रीका अनुसार कोरिया, जापान, बेलायत लागयतका मुलुकमा रोजगारीको सुनिश्चितताको लागि छुटटा छुट्टै एकाई गठन गरेर तयारी भएको छ । यस्तै खाडी मुलुकमा रोजगारीमा जानेका लागि दोहोरो छलफलमा जुटेको र फ्रि भिसा फ्रि टिकटको अवधारणा मार्फत लैजाने तयारीमा सरकार लागेको छ । स्वदेशमा रोजगारीका अवसर नहुँदा बर्सेनि पाँच लाख युवा श्रम स्वीकृत नयाँ पुराना गरि विदेशिदै आएका छन् । रोजगारीका लागि राम्रो वा मध्यम मुलुकमा जान पाइने भन्दै थुप्रै नागरिक आशावादी भएपनि सरकारको बलियो नीति र प्रक्रिया नपुग्दा नागरिक सरकारबाटै पिरोलिएका छन् ।